
काठमाडौं । जुत्ता चप्पल व्यापार मेला आजदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।
फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा पाचौं दशैँ व्यापार प्रवद्र्धन मेला सुरु भएको हो । उद्योग र ग्राहकबीच प्रत्यक्ष रुपमा व्यापार गर्ने उदेश्यले दशैँ जुत्ता चप्पल व्यापार मेला आयोजना गरिएको आयोजकले जनाएको छ । मेला भदौ २० गतेसम्म सञ्चालन हुनेछ ।
मेलाका संयोजक, फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष सुरज बञ्जाडेले वार्षिक क्यालेण्डर अनुसार चालु आर्थिक वर्षको पहिलो मेला आयोजना गरिएको बताउनु भयो । उहाँले मेलामा १ हजार भन्दा बढी किसिमका उत्पादनहरुको स्टल रहेको बताउनु भयो ।
बञ्जाडेले मेलामा ग्राहकहरुले भारी छुटका साथ गुणस्तरीय सामान पाउने दावी बताउनु भयो । बञ्जाडेले पछिल्लो समय नेपाली जुत्ता चप्पलको उत्पादनले उपभोक्ताको मन जित्न सफल भएको बताउनु भयो ।
यस्तै मेला उद्घाटन प्रश्चात वागमती प्रदेश सरकारका वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले नेपाली उत्पादनलाई सबैले प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाल आत्मनिर्भर रहेका वस्तुहरु आयातमा प्रतिवन्ध लगाउन आवश्यक रहेको बताउनु भयो ।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपाल सरकारले तयारी वस्तुको भन्दा कच्चा पदार्थको कर कम लगाउने नीति बनाए नेपालमा धेरै उद्योग आउने बताउनु भयो ।
मेलामा तीसभन्दा धेरै ब्राण्डका करिव हजार मोडलका जुत्ता चप्पल राखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्