३० असार २०८२, सोमबार | Mon Jul 14 2025


वालेट टु वालेट रेमिट्यान्स सेवा


0
Shares

काठमाडौं, जेठ ११ । इसेवा मनि ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमै पहिलो पटक वालेट टु वालेट सेवा शुरु गरेको जनाएको छ ।

यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरले मलेसियामा वालेट टू वालेट रेमिट्यान्स सेवा विस्तार गरेको जनाएको हो ।

मलेसियाको भ्याल्यु कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स् कारोबार सुरु गरेको हो ।

मलेसियामा रहेका नेपालीहरुले भ्याल्युका एजेन्टका अलावा सिधै भ्याल्युको वालेटबाट नेपालको इसेवा वालेट तथा कुनै पनि बैंक खातामा समेत रेमिट्यान्स् पठाउन सक्ने भएको कम्पनीले जनाएको छ ।

यो सेवासंगै त्यँहा रहेका नेपालीहरुलाई एजेन्टसम्म धाउनुपर्ने बाध्यता समेत हटेकाले उनिहरुलाई थप सहज भएको कम्पनीले जनाएको छ ।