Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


औद्योगिक क्षेत्रका मालिकले मुनाफा मात्रै खोज्दा मजदुर अलपत्र: गोकुल बास्कोटा


1.5k
Shares

काभ्रे । नेकपा एमालेका नेता गोकुल बास्कोटाले मालिकहरु एक पैसा मुनाफाको लागि मजदुरको घाँटी रेट्न तयार हुने गरेको आरोप लगाउनुभएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) काभ्रेले शनिबार बनेपामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले औद्योगिक क्षेत्रका मालिकले मुनाफा मात्रै खोज्दा मजदुर अलपत्र परेको समेत बताउनुभयाे ।

आफू सञ्चार मन्त्री हुँदा पत्रकारको हक हितमा काम गर्न खोज्दा मिडियाका मालिकले नै असहयोग गरेको उहाँले लगाउनुभयाे। कोरोना महामारीको समयमा वर्षाैं काम गरिरहेका धेरै मजदुर कामबाट लिकालिनु दुःखद भएको उहाँको भनाइ छ ।

वर्तमान सरकार मजदुरको समस्या समाधान गर्न भन्दा पनि उद्योगी व्यवसायीको इसारामा मालिक पोस्न लागेको नेता बास्कोटाले आरोप लगाउनुभएकाे छ ।