
काठमाडौं, जेठ ११ । प्रहरीले हङकङका लागि चीनले प्रस्ताव गरेको सुरक्षा कानूनको विरोध प्रदर्शनमा सहभागीहरू विरुद्ध अश्रुग्यास प्रहार गरेको छ ।
सयौँ मानिसहरू हङकङका मुख्य भागमा प्रदर्शनमा सहभागी छन् ।
केही अघि हङकङ्मा बेइजिङले लगाउने भनिएको नयाँ सुरक्षा कानूनको भत्सर्ना गर्दै विश्वभरका करिब २ सय बरिष्ठ राजनीतिक व्यक्तित्वहरूले गम्भीर चिन्ता प्रकट गरेका थिए ।
यूरोप, एशिया, उत्तर अमेरिका र अस्ट्रेलियाका हस्ताक्षरकर्ताले उक्त योजना शहरको स्वायत्तता, विधिको शासन र आधारभूत स्वतन्त्रतामाथि बृहत् आक्रमण भनेका छन् ।
चीनले एउटा कानून पारित गर्न खोज्दैछ जसले राज्यद्रोह, विद्रोह र राज्य विभाजन, राज्य विध्वंशमा प्रतिबन्ध लगाउनेछ ।
यो हप्ताको शुरूमा अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले त्यो योजनाको भत्सर्ना गरे ।
उनले त्यसले शहरको स्वतन्त्रतामाथि प्रहार गर्ने बताउनुभएको थियो । यूके, अस्ट्रेलिया र क्यानडाले पनि यसमा गम्भीर चिन्ता प्रकट गरेका छन् ।
हङकङ्स्थित चिनियाँ विदेश मन्त्रालयको शाखाले विदेशी लगानी प्रभावित पार्ने भन्ने त्रास अस्वीकार गर्दै चलखेल गर्ने मुलुकहरूको आलोचना गरेको छ ।
उक्त कानूनमाथि चिनियाँ कम्यूनिष्ट पार्टीको वार्षिक अधिवेशनको अन्त्यतिर २८ मे मा मतदान हुने ठानिएको छ ।
त्यसपछि त्यो चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी कमिटिले पारित गरेपछि जून महिनाको अन्त्यदेखि कार्यान्वयनमा आउने ठानिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्