
डडेल्धुरा, जेठ ११ । डडेल्धुराका कृषकहरु खेतबारीमा लगाएको आलु खन्न व्यस्त छन् ।
आलु खन्ने सिजन जान लागेपछि र आलु कुहिने र बिग्रने भएपछि उनीहरु लकडाउनको वेवस्ता गर्दे आलु खन्न थालेका हुन् ।
आलु खेतीबाट यहाँका कृषकहरुले मनग्गे आम्दानी गर्दछन् । यहाँका कृषकहरुले लगाएको आलु सुदूरपश्चिमका ९ वटै जिल्लामा विक्रिका लागि पुग्ने गरेको छ ।
कृषकहकरुले आफूले मात्र आलु खन्न नभ्याउने भएकाले दैनिक ज्यालादारीमा श्रमिकहरुलाई पनि काममा लगाएका छन् ।
डडेल्धुरामा मात्रै एक सिजनमा दश हजार मेट्रिक टन भन्दा बढी आलु उत्पादन हुने गर्दछ ।
उत्पादित आुललाई शित भण्डारमा भण्डारण गर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्