
काठमाडौं, जेठ १० । नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको चार महिना भएको छ । १० माघ २०७६ मा चीनको वुहानबाट ल्याइएका विद्यार्थीमा पहिलो संक्रमण फेला परेको थियो ।
मुलुकलाई लकडाउन अर्थात् बन्दाबन्दीमा राखेकै पनि दुई महिना पुगेको छ । बन्दाबन्दीका कारण जनजीवन कहालिलाग्दो बन्दैछ भने अर्थतन्त्र अँध्यारो सुरुङमा छिर्दैछ । नागरिक अत्तालिसकेका छन् ।
चार महिनामा मुलुकमा तीन जना व्यक्तिले कोभिड १९ को संक्रमणका कारण ज्यान गुमाएका छन् । कोरोनाले मृत्युको मुखमा पुर्याएकोमा एक महिलासहित तीन जना हुन् ।
चार महिनाको यस अवधिमा ५ सय ४८ जनामा संक्रमणको पुष्टि भएको छ । सरकारले बल्ल साढे ४२ हजार व्यक्तिको पिसिआर परीक्षण गर्न सकेको छ ।
भरपर्दो नमानिने आरडिटी परीक्षण भने ८२ हजारभन्दा बढीको गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ७० जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोरोनाले मानव जगतलाई नराम्ररी लपेटेका बेला पृथ्वीले भने राहतको श्वास फेर्न पाएको छ । संसार कोरोना महामारीको चपेटमा आउँदा प्रकृतिले आफ्नो स्वरुप देखाउन पाएको छ ।
काठमाडौंको शहरमै घुम्दा पनि प्रकृति आफ्न स्वरुपमा रमाउन पाएका यि दृष्यले बताइरहेका थिए ।
प्रस्तुत छ, बन्दाबन्दीको ६० औं दिनका दिन काठमाडौंमा लिइएका केही तस्वीरः
प्रतिक्रिया दिनुहोस्