Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


बिपाशा बासु विवाहको ६ वर्षपछि आमा बन्दै, फोटोसुटमा देखाइन् बेबी बम्प


11.3k
Shares

एजेन्सी । भारतीय अभिनेत्री बिपाशा बासु र अभिनेता करण सिंह ग्रोवर विवाहको ६ बर्षपछि आमा बुवा बन्न लागेका छन् ।

यो जोडीले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेर आफूहरू आमा बुवा बन्न लागेको जानकारी दिएका हुन् । तस्वीर सार्वजनिक गर्दै बिपाशाले आफ्नो बच्चा छिट्टै यो संसारमा आउन लागेको बताएकी छन् ।

तस्वीर सार्वजनिक गर्दै उनीहरूले लेखेका छन्, ‘एक नयाँ समय, नयाँ चरण, नयाँ प्रकाशले हाम्रो जीवनको प्रिज्ममा एउटा अनौठो छाँया थप्दैछ। हाम्रो जीवन र परिवार सुरू हुन लागेको छ। एक्लै सुरू गरेको यात्रामा हामी एक आर्कासँग भेट्यौं, दुई व्यक्तिको लागि यति धेरै माया, हामीले अलि अपरिहार्य महसुस गर्यौं। पहिले जो दुई थियौं अब छिट्टै तीन हुनेछौं ।’

बिपाशाले थप लेखेकि छिन, ‘हाम्रो मायाको संकेत हो, हाम्रो बच्चा चाँडै हाम्रो जीवन र खुशीको हिस्सा बन्न गइरहेको छ। तपाईं सबैको माया र प्रार्थनाको लागि धन्यवाद। तपाईंको शुभकामना सधैं हाम्रो जीवनको भागमा थियो र रहनेछ।’

बिपाशा र करणको विवाह ३० अप्रिल २०१६ मा भएको थियो ।