
गलकोट, जेठ ९ । चट्याङ लागेर ज्यान गुमाएकाको परिवारलाई बागलुङ नगरपालिकाले राहत रकम हस्तान्तरण गरेको छ ।
गत चैत २९ गते चट्याङ लागेर मृत्यु भएका बागलुङ नगरपालिका–१३ का शङ्कर रिजालको परिवारलाई नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट बिहीबार रु. ५० हजार राहत रकम हस्तान्तरण गरिएको छ ।
मृतक रिजालको परिवारलाई नगरप्रमुख जनकराज पौडेलले रु ५० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बागलुङ नगरपािलका–१३ का वडाध्यक्ष नारायण शर्मालगायतको टोली पीडित परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरिएको हो ।
मृतकको परिवारलाई घरमै पुगेर नगरपालिकाले व्यवस्था गरेअनुरुपको राहत प्रदान गरेको नगरप्रमुख पौडेलले जानकारी दिए ।
मृतक रिजाल कोरोना छल्नका लागि काठमाडौंबाट घर आएका थिए ।
गत चैत २९ गते साँझ आफ्नै घरको पिँढीमा खाजा खाइरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते रिजालको उपचारको क्रममा धवलागिरि अञ्चल अस्पताल बागलुङमा मृत्यु भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्