Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै


260
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सोमबार बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार मध्याह्न १२ बजे बस्ने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको घोषणापत्र लगायत आवश्यक तयारी, निर्वाचन लक्षित विभिन्न समिति निर्माण, २२ बुँदे मागका सम्बन्धमा जारी आन्दोलनको समिक्षा र भदौमा हुने तेश्रो चरणको आन्दोलनको मोडालिटीबारे छलफल गर्न एवं निर्वाचन केन्द्रीत विविध विषयमा छलफल हुने छ ।