१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


न्यान्सीकाे भ्रमणले सिर्जना गरेको तनाव सेलाउन नपाउँदै अमेरिकी प्रतिनिधिमण्डल ताइवानमा

चिनियाँ वायु सेनाका लडाकु विमान फेरी ताइवानी आकाशमा प्रवेश

5.98k
Shares

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको चीन–अमेरिका तनाव सेलाउन नपाउँदै अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ताइवान पुगेको छ ।

सभामुख पेलोसीको भ्रमणपछि चीनले ताइवान स्ट्रेटमा ठूलो सैन्य अभ्यास सुरु गरेको थियो । त्यसको दुई साता नबित्दै अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलले ताइवान भ्रमणमा गएको हो । प्रतिनिधिमण्डलले ताइवानी अधिकारीहरुसँग अमेरिका–ताइवान सम्बन्ध, क्षेत्रीय सुरक्षा, व्यापार, लगानी, विश्वव्यापी आपूर्ति श्रृंखला, जलवायु परिवर्तन र पारस्परिक हितका विषयमा छलफल गर्ने बताइएको छ ।

चीनको निरन्तर सैन्य चेतावनीकाबीच ताइवानले आइतबार नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको संयुक्त रूपमा संरक्षण गर्न र ताइवान स्ट्रेटमा सुरक्षाको ग्यारेन्टी गर्न भारतलगायत राष्ट्रहरूसँग घनिष्ठ समन्वय कायम राख्ने बताएको छ। यसैबीच, चिनियाँ वायु सेनाका लडाकु विमानहरु आज साेमबार फेरी ताइवानी आकाशमा प्रवेश गरेका छन् ।

अमेरिकी सांसदहरुको टोली ताइवान पुगे लगत्तै चिनियाँ लडाकु विमानहरुले ताइवानको आकाशमा उडान गरेका हुन् ।