Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


सृजनशील महिला उद्यमी मेला सुरु


299
Shares

काठमाडौं । ‘१९ औं डाबर बाटिका तीज फेष्टिबल सृजनशील महिला उद्यमी मेला–२०७९’ सुरु भएको छ ।

शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित युनाईटड बल्ड टे«ड सेन्टरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीको सो मेलाको शुभारम्भ गर्नु भएको हो ।

महिला सृजनशील केन्द्रले महिला उद्यमीहरुले उत्पादन गरेका सामानहरुको बजारीकरणका लागि सहयोग गर्ने मुख्य उद्देश्यका साथ यो मेला आयोजना गरेको मेला व्यवस्थापनको जिम्मेवारी लिएको राईजिङ नेपाल प्रालिका प्रबन्ध निर्देशक पशुपति केसीले बताउनुभयो ।

५ दिनसम्म चल्ने मेलामा महिला उद्यमीले उत्पादन गरेका घरेलु बस्तुहरुको बिक्री वितरण गरिने छ । महिला उद्यमीहरुले उत्पादन गरेका घरेलु वस्तुहरुको प्रवद्र्धन गरी उनीहरुलाई वित्तिय पहुँच बढाउन पनि मेला उपयोगी हुने केसीले विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रेग्मीले स्वदेशमा उत्पादित बस्तुहरुको उपयोग गर्न आम उपभोक्ताहरुलाई आह्वान गर्नुभएको छ । सो मेलाको अवलोकन गरेपछि उहाँले सञ्चारकर्मीहरुमाझ संक्षिप्त प्रतिmक्रिया दिँदै महिला दिदीबहिनीहरुले गुणस्तरीय बस्तु उत्पादन गरेको पाइएको उल्लेख गर्दै विदेशी बस्तु भन्दा स्वदेशमै उत्पादन भएका बस्तुहरुको उपयोग गर्न सबैलाई आग्रह गर्नुभएको हो । मन्त्री रेग्मीले महिला दिदीबहिनीहरुले संचालन गरेका उद्यममा उत्पादित सामानहरु गुणस्तरीय भएकाले त्यसले बाह्य मुलुकमा पनि सोचे अनुसार नै बजार पाउने र त्यसका लागि आवश्यक विज्ञापन भने गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

मेलामा नेपालमै उत्पादन गरिएका सारी, कुर्ता, सुरुवाल, चुरा, जुत्ता, चप्पल, झोलाआदि प्रर्दशन गरिएको छ । ५ दिनसम्म चल्ने मेलामा करिव १० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको पनि मेला व्यवस्थापक संस्था राईजिङ नेपाल प्रालिले जनाएको छ ।