१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


कांग्रेस नेता केसीद्वारा स्थानीय निकायहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण


0
Shares

बिदुर, जेठ ७ । नेपाली काँगेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीले मंगलबार त्रिशुली अस्पतालमा गरिएको कोरोनाको तीब्र परीक्षणमा केहीमा पोजेटिभ देखिएपछि अस्पतालको कोरोना संक्रमण रोकथाम र नियन्त्रण सम्बन्धि पूर्वतयारीको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

बुधबार त्रिशुली अस्पतालमा पुगेर नेता केसीले कोरोना संक्रमण बढ्दै गईरहेका बेला जिल्लाको प्रमुख स्वास्थ्य संस्थाको पूर्व तयारीको अवस्था नागरिकको जीवन रक्षासँग जोडिने भएकाले जिम्मेवारीबोधका साथ क्रियाशील रहन अस्पताल प्रशासनलाई सुझाव दिए ।

त्यसक्रममा जिल्ला स्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरे र त्रिशुली अस्पतालका मेडिकल सुपेरिण्टेण्डेन्ट डाक्टर रेमकुमार राईले अस्पतालको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

त्यसअघि नेता केसीको संरक्षकत्वमा रहेको यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले जिल्लाको विभिन्न गाउँपालिकामा रहेको स्थानीय तहका स्वास्थ चौकी र उपस्वास्थ चौकीहरुमा रहेका १८ वटा स्वास्थ्य संस्थालाई ईन्फ्रारेड थर्मोमिटर उपलब्ध गराएको थियो ।

बिदुर नगरपालिका भित्रका ६ वटा स्वास्थ्य संस्थालाई सदरमुकाम बिदुरमा एवं किस्पाङ र मेघङ गाउँपालिकाका १२ स्वास्थ्य संस्थालाई मेघङ देउरालीमा ट्रष्टका अध्यक्ष डाक्टर केदारनरसिंह केसीले डिजिटल थर्मोमिटर र मास्क हस्तान्तरण गरेको ट्रष्टका महासचिव एवं नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।

केसी ट्रष्टले यसअघि पनि नुवाकोटमा मास्क, सेनिटाइजर, थार्मोमिटर, पीपीईलगायतका स्वास्थ्य सामग्री बाँडेको थियो ।

यसैगरी ट्रष्टले पशुपतिनाथका मूल भट्ट गणेश भट्टलाई भेटेर पशुपतिमा कार्यरत सुरक्षाकर्मीका लागि कोरोनासम्बन्धी स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । ट्रष्टले एन ९५ मास्क, सर्जिकल माक्स, पीपीई र सेनिटाइजर हस्तान्तरण गरेको महासचिव केसीले जानकारी दिएका छन् ।