२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख २४ हजार नाघ्यो, २४ घण्टामै करिब ९५ हजार नयाँ संक्रमित थपिए


0
Shares

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख २४ हजार नाघेको छ ।

बुधबार बिहानसम्ममा कोरोना संक्रमणका कारण विश्वभरमा मृत्यु हुनेको संख्या ३ लाख २४ हजार ५०८ पुगेको हो ।

सबैभन्दा धेरै अमेरिकामा ९३ हजार ५१९ को मृत्यु भएको छ ।

बेलातयतमा ३५ हजार ३४१, इटलीमा ३२ हजार १६९, फ्रान्समा २८ हजार २२, स्पेनमा २७ हजार ७७८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म ४९ लाख ८२ हजार ३१५ जनामा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये १९ लाख ५८ हजार ३२५ जना निको भइसकेका छन् ।

२६ लाख ९९ हजार ४८२ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये २६ लाख ५४ हजार ४२ को स्वास्थ्य अवस्था मध्यम रहेको छ भने ४५ हजार ४४० को अवस्था गम्भीर रहेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा विश्वभरमा ९४ हजार ७५१ कोरोना संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा २० हजार २८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ब्राजिलमा १६ हजार ५१७, रुसमा ९ हजार २६३, भारतमा ६ हजार १४७, पेरुमा ४ हजार ५५०, बेलायतमा २ हजार ४१२ कोरोना संक्रमित २४ घण्टामा थपिएका छन् ।(एजेन्सी)