Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सडक विस्तारमा हात हाल्ने बागमती प्रदेशको संकेत


156
Shares

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशको राजधानी सहर हेटौंडा बजार क्षेत्र निकै साँघुरो भएको भन्दै सरकारले सडक विस्तारमा हात हाल्ने संकेत गरेका छन् ।

जिल्ला समन्वय समिति मकानपुरको आठौं जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले अब प्रदेश सरकारले जुनसुकै बेला सडक विस्तारको कदम चालन सक्ने बताए ।

‘ प्रदेशको राजधानी सहर हिजोआज असनको गल्लीजस्तो हुँदै गएकोछ । राइट अफ वेको कुरा बारबार उठिरहेको छ । कुनै पनि दिन प्रदेश सरकारले आफ्नो राइट अफ वे क्लियर गर्न सक्छ है भनेर सचेत गराउँछु,’ मुख्यमन्त्री पाण्डेले भने, ‘त्यो बेलामा डोजरले पुलिसले केहीले पनि रोकिदैँन, काम गरेर छोड्छ सरकारले । त्यसैले तपाईहरूलाई केही गर्नु छ अल्टरनेट उपाय छ भने गर्नुहोस् समयले पर्खदैन ।’

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।