
एजेन्सी । अमेरिकाको क्यालिफोर्नियाका एक चिकित्सककी श्रीमतीले पेय पदार्थमा विषाक्त वस्तु मिसाएर आफ्नो श्रीमानलाई खुवाएकी छिन् ।
ती चिकित्सककी श्रीमती पनि छाला सम्बन्धी विशेषज्ञ हुन् । श्रीमानको नाम ज्याक चेन हो भने श्रीमतीको नाम यु एमिली यु हो । चेनले श्रीमतीले पेय पदार्थमा विषाक्त वस्तु मिसाएको शंकापछि उनले घरको भान्छामा गोप्य रूपमा क्यामेरा जडान गरेका थिए र श्रीमतीलाई रंगेहात पक्राउ गरे । चेन र श्रीमती यु विगत १० वर्षदेखि सँगै बस्दै आएका छन् । उनीहरुका दुई बचचा पनि छन् ।
चेन केही समयदेखि बिरामी थिए । यस्तो अवस्थामा श्रीमतीले राम्रो हेरचाह गर्नुको सट्टा उल्टै आफ्नो पेय पदार्थमा नाली सफा गर्ने केमिकल ‘ड्रानो’ मिसाएर खान दिएको आरोप उनको छ । नाली सफा गर्ने औषधि सेवन गर्दा चेनलाई आन्तरीक रूपमा निकै पीडा भएको प्रहरीले जनाएको छ ।
चेनले भान्छामा राखेको सीसीटीभी फुटेज अमेरिकाको इर्विन प्रहरीलाई दिएपछि युलाई ४ अगस्टमा उनको कार्यालयबाट प्रहरीले पक्राउ गरेको थियो । तर, उनी ३८ लाखको धरौटीमा छुटेकी छन् ।
श्रीमतीले लामो समयदेखि आफू र आफ्ना दुई छोराछोरीलाई शारीरिक र मानसिक यातना दिँदै आएको चेनले दाबी गरेका छन् । जब यु रिसाउँछिन्, उनी बच्चाहरूलाई चिच्याउन थाल्छिन् चेनले अदालतलाई बताएका छन् । उनका अनुसार छोराछोरीलाई युले दुव्र्यवहार पनि गर्छिन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार चेनले सन् २०११ मा एमिलीलाई भेटे र सन् २०१२मा विवाह गरे । चेनले सञ्चार माध्यमहरुसँग भनेका छन्‘सन् २०१३ र २०१४ मा दुवै सन्तान जन्मेपछि श्रीमती युमा निकै परिवर्तन आउन थाल्यो ।’ ज्याक अब आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गर्न चाहन्छन् । किनकि उनले चिकित्सक समेत रहेकी आफ्नी श्रीमतीबाट यस्तो काम होला भन्ने सोचेका थिएनन् । तर युले किन यसो गरिन भन्ने कुरा खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस्