२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


१० लाखभन्दा बढी नेपाली घरमा ब्रोडब्याण्ड पुर्‍याएको नोकियाको दाबी


312
Shares

काठमाडौं । नोकियाले हाल नेपालमा १० लाख भन्दा बढी नेपाली घरहरूसम्म उच्च गुणस्तरको ब्रोडब्याण्ड सेवा पुर्‍याउन सफल भएको दाबी गरेको छ ।

नोकियाले शुक्रबार काठमाडौंमा गरेको ‘नोकिया नेपाल इनोभेसन डे २०२२’ मा २०१७ मा औपचारिक रूपमा नेपालमा सेवा थालेको कम्पनीले उल्लेख्य सेवा विस्तार गरेको जनाएको हो ।

नेपाललाई फाइभजी युगका लागि तयार पार्दै डिजिटल क्रान्तिका लागि योगदान पुर्याउने आफूहरूको लक्ष्य रहेको उसको भनाइ छ ।

कम्पनीले यस उद्योगलाई फो पोइन्ट ओ को डिजिटल युगमा रुपान्तरण गर्दै गीगाबिट युगमा गति बढाउने लक्ष्य लिएको जनाएको छ ।

नोकियाले फिनल्याण्ड दूतवाससँगको सहकार्यमा इनोभेसन डे आयोजना गरेको हो ।