काठमाडौं । कानुन मिचेर नीतिगत निर्णय गरेको सरकारले सर्वाेच्च अदालतबाट आदेश भएकै दिन अदालतको अवहेलना गरेको छ ।
सर्वाेच्चले अदालतको अवहेलना गरेको भन्दै एक मन्त्रीलाई आफैं उपस्थित हुन आदेश दिएकै दिन सरकारले अर्काे अवहेलना गरेको हो ।
सर्वाेच्चले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई काममा फर्कन नदिएको भन्दै मन्त्रीलाइै आफैं अदालतमा उपस्थित भई जवाफ दिन आदेश गरेको छ ।
सरकारले अधिकारीलाई दोस्रोपटक पदबाट निलम्बन गर्ने निर्णय गरेर अदालतको अवहेलना गरेको हो ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्