
काठमाडौं । सन् २०२६ को फिफा विश्वकपका लागि नेपालले एसियाली छनोटमा पहिलो चरणबाटै खेल्नुपर्ने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप र एसियन कप फुटबलका लागि छनोटको नयाँ ढाँचा जारी गरेपछि नेपालले प्लेअफ चरणबाटै खेल्नुपर्ने भएको हो ।
अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने २०२६ को विश्वकपमा ४८ टोलीको सहभागिता रहनेछ । जसमा एसियाबाट ८ टोली विश्वकपमा छनोट हुनेछन् । एक टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्नुपर्नेछ । प्ले अफबाट विश्वकपमा छनोट भए एसियाबाट ९ टोलीले विश्वकप खेल्नेछ ।

यसअघि एसियालाई विश्वकपमा चार स्थान तय थियो । नयाँ ढाँचा अनुसार विश्वकपमा छनोट हुन पहिलो चरणमा एसियाका २६ देखि ४७ औं वरीयतासम्मका टिमले खेल्नेछन् । यो छनोट चरणमा नेपाल रहनेछ । पछिल्लो वरीयतामा नेपाल एसियाको ३६ औं स्थानमा रहेको छ ।
यसपटक पहिलो चरणको प्लेअफ होम एण्ड अवेको आधारमा हुनेछ । पहिलो चरणबाट ११ विजेता टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।
प्रतिक्रिया दिनुहोस्