Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


बिनासूचना गुपचुप श्रमिक पठाउने मेनपावर कारबाहीमा


234
Shares

काठमाडौं । मेनपावर कम्पनीले कानुनअनुसार सूचना प्रकाशित नगरी श्रमिक भर्ना गर्ने र पूर्वस्वीकृति नलिई विदेश पठाएर ठगी गरेको पाइएको छ ।

विदेशी रोजगारदाताको मागअनुसार मेनपावर कम्पनीले प्रतिस्पर्धाका आधारमा सीपयुक्त युवा छनोट गर्न राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गर्नुपर्नेमा त्यसो नगरी चर्को सेवा शुल्क लिएर युवा छनोट गरेका हुन् ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनको दफा ४९ अनुसार श्रमिक भर्ना गर्ने पक्रियामा विज्ञापन प्रकाशन नगरे कानुनअनुसार त्यस्तो मेनपावरलाई ५० हजार जरिबाना गरी विज्ञापन रद्द गर्नुपर्ने प्रावधान रहेको जनाएको छ ।

विभागका महानिर्देशक शेषनारायण पौडेलले भर्नासम्बन्धी सूचना राष्ट्रिय दैनिकमा प्रकाशन नगरी श्रमिकको प्रक्रिया अघि बढाएका १४४ वटा मेनपावर र पूर्व श्रमस्वीकृति नलिई भर्ना प्रक्रिया अघि बढाउने ४ वटा मेनपावर कम्पनीलाई प्रतिकम्पनी ५० हजार जरिबाना गरेको बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।