Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


निमित्तबाट विकृति नै विकृति : २ सय बढी स्थानीय तह निमित्तकै भरमा


130
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै पनि गैरकानुनी रूपमा २ सयभन्दा बढी स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नै जिम्मेवारी दिँदै आएको छ ।

सामान्यले शाखा अधिकृत दरबन्दी रहेका १ सय ३० स्थानीय तहमा ‘कन्फर्म शाखा अधिकृत’ लाई नपठाएर ‘जुनियर कर्मचारी’ लाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ ।

तीमध्ये अधिकांश कर्मचारी स्थानीय तहमा समायोजन भएर गएका अहेब तथा कृषि, शिक्षा, स्वास्थ्य, भेटेनरी सेवाका खरिदार तथा सुब्बा स्तरका कर्मचारी छन् ।

त्यस्तै, उपसचिव दरबन्दी रहेकामध्ये १ सय २५ स्थानीय तहमा ‘कन्फर्म’ को साटो निमित्तका रूपमा अधिकृतहरूलाई जिम्मेवारी दिइएको छ । जबकि, सिंहदरबारमा दर्जनौँ उपसचिव अझै पनि जिम्मेवारी नपाएर बरन्डामा समय बिताउन विवश छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।