काठमाडौं । उपत्यकामा दुई साताभन्दा बढी समयदेखि फोहोर नउठ्दा दुर्गन्ध फैलिएको छ ।
लामो समय फोहोर नउठ्दा चोक तथा गल्ली गल्लीमा फैलिएको दुर्गन्धका कारण हैजा फैलने सम्भावना बढेको छ । उपत्यकामा जताततै फोहोर थुप्रिँदा सुन्दर काठमाडौं कुरूप बन्न पुगेको छ ।
कलंकी सीतापाइला, बालाजु, माछापोखरी गंगबु क्षेत्रमा मुख्य रोडवरिपरि फोहोरको डंगुर छन् । सबैभन्दा बढी कुरूप र फोहोरको डंगुर गंगबु बसपार्क क्षेत्रमा थुप्रिएको छ ।
त्यस्तै, महाराजगन्ज, त्रिपुरेश्वर तथा विभिन्न खोलाका करिडोर क्षेत्रमा पनि फोहोर थुप्रिँदा हिँड्डुल गर्नै असहज भइरहेको छ । सरकारी निकाय भने रमिते भने रमिते बनेको छ । संघ, प्रदेश र स्थानीय तीनवटै सरकारको गैरजिम्मेवारीपनका कारण समस्या देखिएको हो ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्