Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


सिन्धुलीमाढी–चकमके सडक निर्माण कार्य अलपत्र


156
Shares

सिन्धुली । सिन्धुलीको पूर्वी पहाडी क्षेत्रको व्यापारिक केन्द्र चकमकेलाई जोड्ने सिन्धुलीमाढी–चकमके सडक अलपत्र परेको छ।

साेही सडक खण्ड अन्तर्गत सिन्धुलीमाढीको माझीटार चोकदेखि अगाडि २८ किलोमिटर सडकलाई तीन खण्डमा ठेक्का लगाएर निर्माण सुरु भएपनि पहिलो खण्ड अन्तर्गत जिर्घासम्मको १४ दशमलव ५ सय ६० किलोमिटर सडकको निर्माण कार्यले गति लिन सकेको छैन् ।

समयमै सडक निर्माण नहुँदा सिन्धुलीमाढीबाट तीनपाटन गाउँपालिकाको मुकाम लाम्पान्टार चकमकेसम्म आवागमनमा समस्या भएको छ । सडक अन्तर्गत गड्यौली खोला, जिर्घा खोला र चदाहा खोलामा पक्की पुल निर्माण सम्पन्न भइ सञ्चालनमा आएपनि सडक निर्माण कार्य भने अलपत्र परेकाे छ ।

प्रादेशिक सडक कार्यालय सिन्धुलीका अनुसार पहिलो खण्डमा करिब ७ किलोमिटर जंगल क्षेत्र पर्ने र उक्त क्षेत्रमा रुख काट्न डिभिजन वन कार्यालयले नदिंदा समस्या भएको हो । पहिलो खण्डको सडक सम्झौताको म्याद २०७९ असार २५ मा सकिएको छ ।