Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


बिनातयारी गौरवका आयोजना


195
Shares

काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिको अध्ययन प्रतिवेदनले पूर्व तयारीबिना राष्ट्रिय गौरवका आयोजना घोषणा गर्दा कार्यान्वयनको मोडालिटी स्पष्ट नभएको देखाएको छ ।

बिहीबार समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवको आयोजना अध्ययन प्रतिवेदन, २०७९ राष्ट्रियसभामा पेस गर्दै राष्ट्रिय गौरवका आयोजना घोषणा भएपनि कार्यान्वयन गर्ने स्पष्ट मोडालिटी नहुँदा धेरै आयोजनामा समस्या रहेको बताइन् ।

सभापति थापाले राष्ट्रिय आयोजना राष्ट्रिय गौरवका आयोजना छनोट गर्दा रणनीतिक विकास वित्तीय प्राविधिक तथा व्यवस्थापकीय पक्षहरू समेत समावेश गरी मापदण्ड तथा आधारहरू तयार गर्नुपर्ने भन्दै राष्ट्रिय गौरवका आयोजनाको आधार तयार गर्दा आयोजनाको आर्थिक तथा वित्तीय समाजिक विश्लेषण र वतावरणीय मूल्यांकन हुनेगरी, गरिबी र असमानताको अन्त्य, समावेशी हुने विषयलाई समेत ध्यान दिनुपर्ने देखिएको पनि बताइन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।