Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


पाँच अंकमै पास !


2.5k
Shares

काठमाडौं । गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मन्त्रीस्तरीय निर्णयबाट पास भयो ।

यो निर्देशिकामा भएको व्यवस्थाअनुसार लेडर ग्रेडिङ निर्देशिका, २०७२ खारेज भई विद्यार्थीको मूल्यांकनको आधार ३५ अंक हुन पुग्यो । अर्थात्, ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीलाई अवर्गीकृत अर्थात् नट ग्रेडेडमा राख्ने लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा उल्लेख छ ।

राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरूले पनि यसपटकको नतिजा नयाँ निर्देशिकाबमोजिम प्रकाशित गर्ने तयारी गरेका थिए । तर नतिजा प्रकाशित गर्नु एक दिनअघि अर्थात् बोर्डको साउन १० गते बसेको बैठकमा नयाँ निर्देशिकाअनुसार पासको न्यूनतम अंक ३५ तोक्दा करिब ५० हजार विद्यार्थी फेल हुने भएपछि रातारात लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नै नतिजा प्रकाशन गर्ने निर्णय गरी सबैलाई पास गराउने नीति अख्तियार गरेको स्रोतले जनाएको छ ।

बोर्डले सार्वजनिक गरेको एसइई-२०७८ को नतिजामा ४७ हजार ८ सय ६६ विद्यार्थीको प्राप्तांक ३५ भन्दा कम रहेको स्रोतले जनाएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।