१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


सोलुखुम्बुमा मास्क र सेनिटाइजर अनिवार्य


117
Shares

सोलुखुम्बु । कोरोनाको संक्रमण बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले आवश्यक सुरक्षा मापदण्डको पालनामा कडाइ गर्ने भएको छ ।

कार्यालयले सूचना जारी गर्दै नेपालमा कोरोना संक्रमणदर पुनः बढेकाले संक्रमण रोकथाम तथा नियन्त्रण कार्य प्रभावकारी बनाउन सार्वजनिक स्थल तथा सरकारी कार्यालयहरुमा अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्न आग्रह गरेको छ ।

साथै कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउन छुटेकाहरुले सम्बन्धित पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरी खोपको मात्रा पुरा गर्न सूचनामार्फत आग्रह पनि गरिएको छ ।

यसका लागि स्थानीय तहहरूसँग आवश्यक समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताउनुभयो ।

यसैगरी, गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने कार्यक्रमहरु, विद्यालय, धार्मिकस्थलहरुमा मास्कको अनिवार्य प्रयोग गर्न र स्यानिटाइजरको व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ ।