Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


गृहको सर्वेक्षण : एमाले–माओवादी मिले प्रत्यक्षतर्फ १४५ सिट !


5k
Shares

काठमाडौं । संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ । सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो ।

गृह मन्त्रालयले दुई महिना लगाएर गरेको एक तथ्यांकअनुसार नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै निर्वाचनमा गएमा कसैको पनि बहुमत नआउने देखिएको छ ।

गृह मन्त्रालयले हरेक क्षेत्रमा आफ्नो संयन्त्र लगाएर गरेको सर्वेक्षणअनुसार अहिलेको परिस्थितिमा एक्लाएक्लै निर्वाचनमा गए कांग्रेसले ७७ सिटमा जित हासिल गर्नेछ । त्यसैगरी एमालेले ७० सिट र माओवादीले ८ सिट, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले एक सिट, नेकपा एकीकृत समाजवादीले एक सिट, जनता समाजवादी पार्टीले चार सिट र लोकतान्त्रिक समाजवादी पार्टीले दुई सिट जित्ने रिपोर्ट निकालिएको छ ।

यो रिपोर्ट गृहमन्त्री बालकृष्ण खाँडले नेपाली कांग्रेसको केन्द्रीय कार्यसिमितिको बैठकमा पेस गरेका थिए । यसमा दुई सिट खाली राखिएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।