Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


नागरिकता विधेयकमा एमालेले दोहोरो चरित्र देखाएको आरोप


897
Shares

काठमाडौं । प्रतिनिधिसभाबाट लामो बहस र विवादकाबीच नेपाल नागरिकता ऐन – २०६३ लाइृ संशोधन गर्न बनेको विधेयक पारित भएकोमा आपत्ति जनाएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमाथि दोहोरो चरित्र देखाएको आरोप लागेको छ ।

सत्तारुढ दलका नेताहरूले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा ल्याएको विधेयककै प्रावधानलाई पारित गर्दा पनि एमालेले आपत्ति जनाएर दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको आरोप लगाउँदै नागरिकता जस्तो संवेदनशील विषयलाई चुनावी राजनीतिक एजेन्डा नबनाउन चेतावनी दिनुभयो ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी नेता पुनले केपी ओली नेतृत्वको सरकारले २०७५ सालमा संसदमा पेश गरेको विधेयक तथा २०७७ मा ल्याएको अध्यादेश र शुक्रबार प्रतिनिधिसभाले पारित गरेको नागरिकता ऐनका सबै प्रावधान एकै रहेको दावी पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘ओली सरकारले विधेयक र अध्यादेशमा जेजे प्रावधान अघि सारेको थियो, अहिले पारित भएको नागरिकता विधेयमा हुबहु त्यही प्रावधान समावेश छ ।’

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ । ।