Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


मापदण्डबिनै ‘सोर्सफोर्स’ मा सरूवा

'आर्थिक चलखेलको आशंका'

559
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवासम्बन्धी स्पष्ट र वैज्ञानिक मापदण्ड नै नबनाई ठुलो संख्यामा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलगायत उपसचिवको सरूवा गरेको छ ।

सत्तारूढ दलका उच्चतहको राजनीतिक नेतृत्वको ‘सोर्सफोर्स’ का आधारमा सरूवा गरेको मन्त्रालय स्रोतको दाबी छ । केही सरूवामा संघीय मामिला तथा समान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको ‘सचिवालय कर्मचारीले आर्थिक चलखेल समेत गरेको’ आशंका गरिएको छ । मन्त्रालयले गर्ने कर्मचारी सरूवा सूची मन्त्री श्रेष्ठको सचिवालयले चलखेलका आधारमा बनाउने गरेको स्रोतको दाबी छ ।

मन्त्रालयले बिहीबार तीन दर्जनभन्दा बढी उपसचिव सरूवा गरेको छ । मन्त्रालयले मन्त्रीको सचिवालयले बनाएको सूची विभिन्न राजनीतिक नेतृत्वबाट आएको सूचीलगायत ‘सोर्सफोर्स’ का आधारमा तीन दर्जनभन्दा बढी उपसचिव सरूवा गरेको हो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।