Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


बजारमा पैसा पठाउन कम गर्ने मौद्रिक नीति


247
Shares

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बाह्य क्षेत्रका समस्या सुधार गर्ने बहानामा बजारमा पैसा पठाउन कम गर्ने कसिलो मौद्रिक नीति सार्वजनिक गरेका छन् ।

गभर्नर अधिकारीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले कर्जा प्रवाहको वृद्धिदर घटाएको छ । स्थायी तरलता सुविधा ७ बाट साढे ८ प्रतिशत बनाइएको छ भने सिआरआरको सीमालाई ३ बाट ४ प्रतिशतमा पुर्‍याइएको छ ।

कोभिडका कारण अघिल्ला २ वर्षमा बजारमा सस्तो दरमा पैसा पठाउँदा आयात उच्च दरले बढेको छ । आयात वृद्धि हुँदा शोधनान्तर घाटा अहिलेसम्मकै उच्च भएको छ भने चालु खाता घाटा जिडिपीको १३ प्रतिशतसम्म पुग्ने अनुमान छ ।

यस्तै विदेशी मुद्राको सञ्चिती १५ महिनाबाट साढे ६ महिनाको वस्तु तथा आयात धान्ने अवस्थामा आएको छ । मुलुकको बाह्य क्षेत्रको यही समस्या समाधानलाई गभर्नर अधिकारीले मौद्रिक नीतिमा पहिलो प्राथमिकता दिएको देखिन्छ । यसका लागि अधिकारीले मुलतः उच्च आयात नियन्त्रण गर्ने, अनुत्पादक क्षेत्रमा लगानी घटाउने र उत्पादनमूलक क्षेत्रमा लगानी थप गर्ने गरी नीतिगत व्यवस्था गरेर मौद्रिक नीति ल्याएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।