Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


एसिड आक्रमणः १ करोड १४ लाख क्षतिपूर्ति कुर्दै पीडित


663
Shares

हेटौंडा । मकवानपुर जिल्ला अदालतले देशमै चर्चित एक मुद्दाका पीडकबाट १ करोड १४ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो । तर, फैसला भएको लामो समय बितिसक्दा पनि पीडक पक्षले क्षतिपूर्ति रकम दाखिला गरेको छैन् ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै हेटौँडाकी करिब २१ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने भारतको अमरपर्वन–६ का राज भनिने दिलीपराज केशरीलाई दोषी ठहर गर्दै अदालतले उक्त क्षतिपूर्ति तोकेको हो ।

भारतीय नागरिक केशरीलाई ज्यान मार्ने उद्योगअन्तर्गत ८ वर्ष कैद र १ करोड १४ लाख रुपियाँ जरिवानाको फैसला गरिएको थियो । एसिड आक्रमणको मतियारका रूपमा आरोपी सञ्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपियाँ जरिवानाको फैसला गरिएको छ ।

प्रतिवादी भारतीय नागरिक भएका कारण उनको नामको सम्पत्ति नेपालमा नरहेकाले सरकारले पीडितलाई राहत कोषबाट रकम उपलब्ध गराउनुपर्ने अदालतको भनाइ छ । तर, पीडितले उक्तरकम पाएकी छैनन् । बैंकबाट ऋण लिएर उपचार गरिएको र तिर्न नसक्दा पीडितका बुबाको नाम बैंकले कालोसूचीमा निकालेको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।