काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा आयुष घलानले नेपाली टिमको नेतृत्व गर्ने भएका छन् ।
औपचारिक रुपमा घोषणा हुन बाँकी भएपनि सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी आयुष यू–२० को कप्तान रहने टिमका मुख्य प्रशिक्षक मेघराज केसीले जानकारी दिनुभयो ।
साफ यू-२० आयुष कप्तान भएको औपचारिक घोषणा एन्फाले गर्ने छ ।
नेपालले च्याम्पियनसिपको पहिलो खेल ११ साउनमा श्रीलंकासँग खेल्ने छ । त्यस्तै, दोस्रो खेल १५ साउनमा भारत तथा १७ साउनमा बंगलादेशसँग खेल्ने छ ।
सिंगल राउण्ड रोविनको पद्दतीमा हुने खेलको तालिकामा शीर्ष दुई टोलीले यही २० साउनमा फाइनल खेल्ने छन् ।








प्रतिक्रिया दिनुहोस्