काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विर्सजन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल साइट जाने सडक एक साताका लागि बन्द भएको छ ।
बन्चरेडााडा जाने सडक खण्डको सिसडोलमा फोहोर बोकेको गाडी जान नसक्ने भएपछि मंगलबारबाट स्तरोन्नतिको काम सुरु गर्दै एक साता सडक बन्द गरिएको हो ।
काठमाडौं महानगरपालिकाले कुहिने / नकुहिने फोहोर छुट्याएर मात्र ल्यान्डफिल साइट लैजाने योजना अघि बढाइरहेको बेला सिसडोल खण्डमा ग्याबिङ भर्ने काम अघि बढाइएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्