१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


एसपिपीबाट बाहिरिने निर्णय कार्यान्वयनमा अलमल


78
Shares

काठमाडौं । गत असार ६ गते बसेको मन्त्रीपरिषद् बैठकले अमेरिकाको स्टेट पार्टरनसिप प्रोग्राम (एसपिपी) बाट हिरिने निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले भने अध्ययन भइरहेको बताउँदै निर्णय कार्यान्वयनमा ढिलाइ गरेको छ ।

परराष्ट्र मन्त्रालयले अहिले पनि एसपिपी फ्रेमवर्कमा अमेरिकी सहयोग आइरहेकाले तत्कालै यसबाट बाहिरिने विषयमा सुझबुझपूर्ण निर्णय गनुपर्ने जनाएको छ । अहिले पनि एसपिपी फ्रेमवर्कअन्तर्गत नेपाललाई सहयोग आइरहेको छ ।

नेपालाई आवश्यक पर्ने सहयोग पनि आओस् र एसपिपीबाट पनि बाहिरिन सकियोस् भनेर अध्ययन भइरहेको छ । परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने । यस विषयमा परराष्ट्र मन्त्रालयले रक्ष मन्त्रालय र नेपाली सेनासँग पनि सम्पर्क गरिरहेको स्रोतले बतायो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।