
एजेन्सी । लिबियाली सरकारी सुरक्षा फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा ७० सैनिकको हताहत भएको शनिबार बताइएको छ ।
संयुक्त राष्ट्रसंघद्वारा मान्यताप्राप्त सेनाले पूर्वी इलाकामा समानान्तर सत्ता चलाउँदै आएको सैनिक जनरल खालिफा हफ्तर पक्षधर सैनिकलाई लक्षित गरी गरेको आक्रमणमा सैनिक नेता हफ्तरको सेनातर्फ ठूलो क्षति भएको हो ।
हताहत भएका भनिएका अधिकांशको मृत्यु भएको छ भने केही घाइते भएको युद्ध अनुगमनकारी संस्थाहरूले जनाएका छन् ।
वायुसेनाले राजधानी त्रिपोलीबाट १८० किलोमिटर दक्षिणपश्चिम क्षेत्रमा रहेको वात्या हवाई शिविर र यसको आपूर्ति नाकाहरुमा छ राउण्ड हवाई आक्रमण गरेको बताइएको संयुक्त राष्ट्रसंघीय सरकारको सेनाका प्रवक्ता मोहम्मद गोनोनोले एक विज्ञप्तिमार्फत जानकारी दिए ।
वायुसेनाले सैन्य सवारी साधनहरूलाई लक्षित गरी हफ्तरको प्रभाव क्षेत्रमा आक्रमण गरेको र आक्रमणबाट ७० भन्दा बढी सैनिक हताहत भएको विज्ञप्तमिा जनाइएको छ ।
जनरल हफ्तरको नेतृत्वमा रहेको पूर्वी सेनाले एक वर्षभन्दा बढी समयदेखि राजधानी त्रिपोलीलाई संयुक्त राष्ट्र संघीय सरकारको कब्जामा लिने प्रयास गरिरहेको छ ।
यो आक्रमणका कारण सयौं नागरिक पनि घाइते भएका र विस्थापित बनेका बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्