
काठमाडौं । नेपालको सर्वाधिक ठूलो भनिएको मल्टीब्राण्ड सपिंग सेन्टर बिग डिजिटल स्टोर सञ्चालनमा आएको छ ।
ललितपुरको ग्वार्कोमा सुरु भएको स्टोरमा ९० बढी अन्तर्राष्टिय ब्राण्डका घरायसी र विद्युतीय सामान उपलब्ध हुने बताइएको छ ।
स्टोरका प्रमुख कार्यकारी अधिकृत बिक्रमेश ओझाले अन्तर्राष्ट्रिय ब्राण्डका सामान सहज ढंगले एकै थलोमा ग्राहकलाई उपलब्ध गराउने उद्देश्यले स्टोर शुरुवात गरिएको जानकारी दिनुभयो ।
यसले ग्राहकको बदलिँदो इच्छा परिपूर्ति गर्ने मात्र होइन, डिजिटल किनवेचमा ग्राहकको रुचि सम्बोधन गर्ने बताउनुभयो । नायिक स्वस्तिका खड्काले स्टोरको शुभारम्भ गर्नुभएको थियो । अनलाइनबाट खरिद गरिएका सामान घरसम्म निःशुल्क उपलब्ध गराउने सुविधा स्टोरले दिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्