Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


२० वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोली घोषणा


26
Shares

काठमाडौं । नेपालले भारतमा आयोजना हुने २० वर्षमुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीकाे घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक मेघराज केसीले सोमबार २३ सदस्यीय टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हाे । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट मुख्य प्रशिक्षक केसीले साफ खेल्ने टिमको घोषणा गरेका हुन् । च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएकाे छ ।

भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्नेछ । त्यस्तै, भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्ने भएका छन्।

नेपाली टोलीका गोलकिपरमा ईश्वर गुरुङ, उमेश चौधरी, जियारथ सेख रहेका छन् । यसैगरी डिफेन्डरमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा छन् भने मिडफिल्डरमा दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान रहेका छन् ।

फरवाडमा भने दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी रहेका छन् ।

Skip This