Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


उपत्यका बाहिर पनि कोरोना संक्रमण बढ्दै


221
Shares

सिन्धुली । काठमाडाैं उपत्येका बाहिर सिन्धुलीमा पनि १० महिनापछि दुई जना कोरोना संक्रमित फेला परेका छ ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-६ का पुरषहरूमा कोरोना संक्रमण देखिएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या दुई पुगेको छ । ५० र ३५ वर्षीया पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ।

देशव्यापी रूपमा कोरोना बढेसँगै सिन्धुलीमा पनि एक सातादेखि दैनिक १० देखि १५ जनाको नमुना परीक्षण गरिदै आएको छ। संक्रमित दुवै जना होम आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालले जानकारी दिएको छ ।

विगतमा सिन्धुलीमा ४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । मृत्यु हुनेमा २९ जना पुरुष र १६ जना महिला रहेका थिए । सोही अवधिमा सिन्धुली जिल्लामा १ हजार ८ सय ६९ जनामा कोरोना संक्रमण देखिएको थियो ।

Skip This