
काठमाडौं, बैशाख २६ । उता रुसमा पछिल्लो २४ घण्टामा साढे १० हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
रुसमा शुक्रबार मात्र १० हजार ६ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
हालसम्म रुसमा १ लाख ८७ हजार ८ सय ५९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने १ हजार ६ सय २५ जनाको मृत्यु भइसकेको छ ।
यसैबीच त्यहाँ कोरोना भाइरसका संक्रमितहरुसँगको सम्पर्कमा आएका २ लाख ९२ हजार मानिसहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।
रुसमा परीक्षणलाई तीब्रता दिइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्