१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


धादिङ प्रवेशमा प्रतिबन्ध


0
Shares

धादिङ, बैशाख २६ । सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबारको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा शुक्रबार धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौंबाट धादिङ प्रवेश गर्ने पिपलमोड र चितवनबाट धादिङ प्रवेश गर्ने मौवाखोलाबाट मानिस आवागमनलाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ ।

यसैगरी जिल्ला प्रवेश गर्ने मानिसको आवागमनमा कडाइ गर्दै सवारी सञ्चालनमा पास नभएका सवारीसाधन सञ्चालनमा ल्याइए प्रहरीले नियन्त्रणमा लिइ सङ्क्रमक रोग रोक एन २०२० दफा ३ बमोजिम कारवाही गरिने निर्णय गरिएको छ ।

सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार किसानलाई सिजनअनुसार बाली लगाउन दिने, सरकारले खुला गरेको सबै उद्योगमा काम गर्ने मजदूरको ज्वरो तथा स्वास्थ्य परीक्षण गर्ने र श्रमिक कार्यस्थलमै रहने व्यवस्था मिलउनुपर्ने भएको छ ।

खाद्यान्न औषधि पसललगायतका दैनिक अत्यावश्यक पसल बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्ने  र ग्यासलगायतका सामग्रीको सहज आपूर्ति गर्न उद्योगी व्यवसायीलाई निर्देशनसमेत बैठकले दिएको सङ्कट व्यवस्थापन केन्द्रका सदस्यसचिव डा. भुवन पैडेलले बताए । रासस