
काठमाडौं, बैशाख २६ । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या एकै दिन ३ सय १० ले बढेर ५६ हजार ३ सय ४२ जना पुगेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ८६ जना पुगेको छ ।
संक्रमणबाट निको भएका विरामीको संख्या १६ हजा ५ सय ३९ रहेको छ । कोरोनाबाट भारतमा महाराष्ट्रका नागरिक सबै भन्दा बढी संक्रमित भएका छन् ।
महाराष्ट्रमा मात्रै १८ हजार १ सय २० संक्रमित छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ७ हजार १३ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । दिल्लीमा ५ हजार ९ सय ८० जना संक्रमित छन् ।
भारतमा जारी लकडाउन आगामी मे १७ सम्मका लागि लागू गरिएको छ । यता भारतको दिल्लीस्थित लक्ष्मीनगरमा एम्बुलेन्स सेवाका १ सय २ कर्मचारी मध्ये ४५ जनामा कोरोना संक्रमण भेटिएपछी भारत सरकार अप्ठेरोमा परेको छ ।
कैट्स एम्बुलेन्स कम्पनीका ८० जना कर्मचारीको परीक्षण गर्दा ४५ जनामा कोरोना पोजिटिभ पाइएको हो ।
दिल्ली प्रहरीका थप १ सय जनामा पनि कोरोना संक्रमण पाइएको छ । दिल्लीमा मात्रै ३ सय ५० जना प्रहरीलाई क्वारेन्टाइमा राखिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्