३० असार २०८२, सोमबार | Tue Jul 15 2025


जब कामको बोझ भयो भन्दै रसियाका तीन डाक्टर अस्पतालबाटै हाम फाले


0
Shares

एजेन्सी । रसियामा अत्यधिक कार्यबोझ भएको भन्दै तीनजना चिकित्सकले अस्पतालको झ्यालबाट हाम फालेका छन् ।

दुई हप्ताको बीचमा डा अलेक्जान्डर शुलेपोभ, डा येलेना नेपोमन्यास्चाया, डा नताल्या लेभेदेभाले अस्पतालको झ्यालबाट हाम फालेका हुन् । 

तीमध्ये दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । येलेनाले हाम फालेपनि उनी घाइते मात्रै भएर अस्पतालमा उपचाररत थिइन् ।

उपचारकै क्रममा उनको ज्यान गएको हो । उनीहरुले विभिन्न मितिमा अस्पतालबाट हामफालेको बताइएको छ ।

कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अति कार्यबोझ भएको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचारमाध्यमहरुले जनाएका छन् ।

विगत दुई साताको अवधिमा भएका यी घटनाहरुको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ।

रसियामा सयौंको संख्यामा चिकित्सकहरु नै कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

रसियामा १ लाख ६६ भन्दा बढी व्यक्ति कोरोना भाइरसको संक्रंमित छन् भने एक हजार ५३७ जनाको मृत्यु भइसकेको छ।