३० असार २०८२, सोमबार | Tue Jul 15 2025


सैन्य अभ्यासलाई लिएर उत्तर र दक्षिण कोरियाबीच तनाव


0
Shares

एजेन्सी । आफ्नो सैन्य अभ्यासप्रति दक्षिण कोरियाले गलत प्रचार गरेको उत्तर कोरियाले आरोप लगाएको छ ।

दक्षिण कोरियाको अभिव्यक्तिले आफूहरुको सैन्य अभ्यासप्रति गलत प्रचार गरेको उत्तरको दावी छ ।

कोािरयाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले दिएको जानकारी अनुसार दक्षिण कोरियाले हालै गरेको सैन्य अभ्यास उत्तर कोरियाका गतिविधि प्रभावित गर्न खोजिएको छ ।

उत्तर कोरियाले गत बुधबार सैन्य तनाव घटाउन वायू सेनाको अभ्यास गरेको दावी गरेपनि अन्तर कोरियाली सम्झौताको उल्ल्ंघन गरेको आरोप लगाइएको छ । 

यता गत आइतबार कोरियाली सीमा क्षेत्रमा आक्रमण भएको एक अर्काले आरोप लगाएका छन् ।

तर उक्त आरोपको स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।