१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


लकडाउनमा धमाधम काम, असार मसान्तभित्र मेलम्चीको पानी सुन्दरीजलमा झार्ने


0
Shares

काठमाडौं, बैशाख २५ । कोरोनाको सन्त्रास तथा लकडाउनको बीचमा पनि राष्ट्रिय गौरबको मेलम्ची खानेपानी आयोजनाको काम भैरहेको छ ।

सामाजिक दुरी कायम गर्दै तथा स्वास्थ्य सुरक्षा साबधानी अपनाएर कामलाई निरन्तरता दिएको आयोजनाले जनाएको छ ।

अहिले मुहान तथा टनेलको काम अन्तिम चरणमा पुगेको छ । टनेलमा गेटहरुको निर्माण तथा भेन्टीलेसन स्याफ्टको काम धमाधम भैरहेको छ ।

मेलम्चीको मुहानमा ड्याम निर्माणको काम भैरहेको छ । लक डाउन अघि सम्म ४०० भन्दा बढि मानिसहरुले काम गरिरहेको मेलम्ची खानेपानी आयोजनामा अहिले १०० भन्दा बढि कामदाहरु छन् ।

कोरोनाको संक्रमण तथा लकडाउनको कारण सिमित जनशक्तिले काम गर्नु परिरहेको तथा सामाग्रीको समेत अभाव भैरहेको आयोजनाका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले बताए ।

साथै टनेल भित्रको भेन्टीलेसन स्याफ्टको काम सम्पन्न गर्न अलि बढि चुनौतिपुर्ण रहेको उनको भनाइ थियो ।

केही अत्यावश्यक सामाग्रीहरु उपलब्ध हुन सक्यो भने अझै पनि तोकिएको मिति आगामी असार मसान्तभित्र मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा झार्न सकिने उनले बताए ।

इटालिएन कम्पनी सिएमसीले ठेक्का छोडे पछि निर्माणको जिम्मा अहिले चाइनिज कम्पनी सिनो हाइड्रोले लिएको छ ।

ठेकेदार कम्पनी सिनोहाइड्रोले समेत आगामी असार मसान्त भित्र मेलम्चीको पानी काठमाडौं ल्याउने गरि काम भइरहेको बताएको छ ।