१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


नगरपालिकाले निर्धारण गरेको मूल्यमा तरकारी बिक्री हुने


0
Shares

सिन्धुली, बैशाख २५ । कमलामाई नगरपालिकाले निर्धारण गरेको मूल्यमा तरकारी बिक्री हुने भएको छ ।

कमलामाई नगरपालिकाका तरकारी व्यापारीले स्थानीय उत्पादन र बाहिरी क्षेत्रबाट उत्पादन भएका तरकारी सस्तो मूल्यमा खरिद गरी महँगोमा बिक्री वितरण गर्ने गरेको भनी गुनासो आएपछि कमलामाई नगरपालिकाले बिहीबार जिल्लामा सञ्चालित तरकारी पसलहरुसँग छलफल गरी नगरपालिकाले निर्धारण गर्ने मूल्यमा तरकारी बिक्री सहमति भएको हो ।

नगरभित्र तरकारी बिक्री वितरण गर्ने व्यापारीसँग तरकारीको मूल्यमा एकरुपता ल्याउनका लागि छलफल गरिएको खड्गबहादुर खत्रीले जानकारी दिए ।

व्यापारीले तरकारीको खरिद मूल्यको दररेट चार दिनभित्र नगरपालिकालाई उपलब्ध गराउने र त्यसपछि नगरपालिकाले सरकारी दररेटसँग मूल्याङ्कन गरी स्थानीय दररेट निर्माण तोक्ने र सोहीअनुसार बिक्री वितरण गर्ने सहमति भएको छ । रासस