Logo २५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026


एमालेको स्पष्टिकरण– ‘एम. अधिकारी गभर्नर अधिकारी होइन’


507
Shares

काठमाडौं । नेकपा (एमाले)ले योजना तथा अर्थ विभागका सदस्य एम. अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्टिकरण दिएको छ ।

गभर्नर अधिकारीले आफूलाई एमालेको अर्थ तथा योजना विभागमा नियुक्त एम अधिकारीसँग जोडेर प्रचार गरिएकाले स्पष्ट पार्न पत्र लेखेसँगै एमाले केन्द्रीय कार्यालयले एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको पष्टिकरण दिएको हो ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले हस्ताक्षर गरेको उक्त प्रस्टीकरणमा, ‘विभागमा उल्लेखित एम अधिकारी सामाजिक सञ्जाल, सञ्चारमाध्यममा समेत उक्त व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हो भनी भ्रम सिर्जना भएकोमा एमालेको ध्यानाकर्षण भएको उल्लेख छ ।

एमालेले विभागमा उल्लेखित एम अधिकारी खोटाङ भनी उल्लेखित व्यक्ति राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको जनाएको छ । तर एमालेले एम अधिकारी को हो ? भन्नेबारे भने अझै खुलाउन सकेको छैन ।

२०७३ सालमा महाप्रसाद अधिकारी एमालेको सोही विभागका सदस्य रहेका थिए ।