Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


महिला नेतृत्व विकासका लागि सहकार्य गर्न अष्ट्रेलिया तयार : राजदूत भल्क


156
Shares

स्याङ्जा । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलोसिटी भल्कले महिला नेतृत्व विकासको लागि सहकार्य गर्न अष्ट्रेलिया तयार रहेको बताउनुभएको छ ।

स्याङजाको वालिङ नगरपालिकाले आयोजना गरेको शिष्टाचार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत भल्कले महिलाहरुलाई सक्षम बनाउँदै आत्मनिर्भर बनाउन सके स्थानीय सरकारको सफलता देखिने बताउनुभयो ।

उहाँले अष्ट्रेलिया सरकार र नेपालका विभिन्न पालिकाहरुसँगको सहकार्यमा सञ्चालित कार्यक्रमहरुले सफलता पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

नागरिकको समृद्धिका लागि विचार तथा कार्यगत योजनाहरुको पारस्परिक रुपमा लेनदेन हुन आवश्यक रहेको उल्लेख गर्दै भल्कले अष्टे«ेलियाका विभिन्न स्थानीय तहहरुमा पनि वालिङ नगरपालिकाले लागू गरेका विकासका मोडेलहरु अवलम्बन गरिएको जानकारी दिनुभयो ।