
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित एक शैक्षिक केन्द्रमा भएको बम विस्फोटमा कम्तिमा ४८ जनाको मृत्यु भएको छ ।
विद्यार्थीहरु पढिरहेका बेला शैक्षिक केन्द्रमा छिरेका एक जना आत्मघाती आक्रमणकारीले बम विस्फोट गराउँदा अन्य ६७ जना घाइते भएका छन् ।
मारिनेमध्ये अधिकांश छात्र रहेको बताइएको छ ।
विश्वविद्यालयको प्रवेश परीक्षाको तयारीका लागि ट्युसन पढिरहेका विद्यार्थीमाथि बम आक्रमण भएको हो ।
विद्यार्थी पढिरहेका बेला प्रवेश गरेका आत्मघाती आक्रमणकारीले आफूलाईसमेत बमले उडाएका थिए ।
अफगानिस्तानको चरमपन्थी संगठन तालिमलाई घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ । यो घटना शियाहरुको बाहुल्य भएको क्षेत्र नजिकै भएको हो ।
अफगानिस्तानमा इस्लामिक स्टेट समूहले शिया समुदायलाई निशाना बनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्