२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


भारत विश्वकै सबैभन्दा बढि जनसंख्या भएको देश


106.938k
Shares

काठमाडौं । सन् २०२३ मा भारत विश्वको सबैभन्दा बढि जनसंख्या भएको देश सावित हुने प्रक्षेपण गरिएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वको सबैभन्दा बढि जनसंख्या भएको देशमा चीन एक नम्बरमा रहेको र आगामी वर्षमा भारतले चीनलाई उछिन्ने जनाएको छ ।

विश्व जनसंख्या दिवसको उपलक्ष्यमा संयुक्त राष्ट्रसंघले एक वक्तव्य प्रकाशित गरी यही वर्षको मध्यसम्म विश्वको जनसंख्या ८ अर्ब पुग्ने र भारत जनसंख्याको आधारमा एक नम्बरमा पुग्ने जनाएको छ ।

सन् २०११ मा संसारमा मान्छेको संख्या ७ अर्ब पुगेको संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ ।

संयुक्त राष्ट्रसंघको जनसंख्या कोष (युएनएफपिए) का अनुसार अहिले संसारभरी ७ अर्ब ९५ करोड ४० लाख मानिस छन् ।