 
	    काठमाडौं । पोर्चुगलको उत्तरी क्षेत्रमा भीषण डढेलो लागेको छ ।
डढेलो नियन्त्रणका लागि ३ हजार अग्निनियन्त्रक र ६० वटा बिमान परिचालन गर्दा पनि डढेलो नियन्त्रणमा आएको छैन् । जंगल वरिपरिका १७ जना बासिन्दाहरू घाइते भएका छन् । पोर्चुगलमा वर्षेनी हुने गरेको डढेलोका कारण हजारौं हेक्टर जमिन नष्ट हुने गरेका छन् । सन् २०१७ मा लागेको डढेलो नियन्त्रण बाहिर जाँदा सय भन्दा बढीको मृत्यु भएको थियो ।
पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाको मोजाम्बिक भ्रमण डढेलोका कारण रद्द गरिएको छ । पोर्चुगल सरकारले यही जुलाई ११ अर्थात आज साेमबारदेखि पाँच दिनसम्मका लागि आकस्मिक अवस्था घोषणा गर्दै विपत्ति र आपतकालीन अवस्थाको सामाना गर्न सर्वसाधारणलाई अपील गरेको छ ।
यसैबीच युरोपियन युनियनले जलवायु परिवर्तनका कारण विश्वका कयौं राष्ट्रहरू खडेरी र प्राकृतिक प्रकोपमा पर्ने चेतावनी दिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्