१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


एक लाख २१ हजार मेट्रिक टन चामल मौज्दात


0
Shares

काठमाडौं, बैशाख २२ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी एक लाख एक्काइस हजार मेट्रिक टन चामल मौज्दात रहेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकानुसार कम्पनीसँग अठार हजार ४३६ र निजी क्षेत्रका उद्योगसँग एक लाख एकाइस हजार छ मेट्रिक टन गरी कुल एक लाख एक्काइस हजार छ मेट्रिक टन चामल मौज्दात  छ ।

मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार कम्पनीसँग दुर्गमका २३ जिल्लामा तीन हजार ५६६ मेट्रिक टन चामल, ६१० क्विन्टल फापर र ५३४ क्विन्टल सिमी मौज्दात  छ ।

त्यस्तै मुलुकका विभिन्न स्थानमा रहेका ठूला चामल उद्योग र कृषकसँग  एकसठ्ठी हजार ५४ मेट्रिक टन धान मौज्दात रहेकाले चामल उत्पादनमा कुनै समस्या नरहेको उनले जिकिर गरे । मन्त्रालयको तथ्यांकानुसार निजी क्षेत्रका व्यापारीसँग दाल, केराउ र चना सोह्र हजार ८१ मेट्रिक टन मौज्दात छ ।

मन्त्रालयको तथ्यांकानुसार निजी क्षेत्रका तेल उद्योगसँग पाम आयल ४८६ मेट्रिक टन, पामोलिन एक हजार ९१९ मेट्रिक टन र सोयाबिन तेल एक हजार ६१६ मेट्रिक टन मौज्दात छ ।

त्यस्तै सूर्यमुखी तेल ८४६ मेट्रिक टन मौज्दात तथा  छ हजार ३४६ मेट्रिक टन आयातका क्रममा छ । कोलकातामा समेत ७० हजार ८६६ मेट्रिक टन तेल मौज्दात छ । रासस